Logo

नवनियुक्त गृहमन्त्री रमेश लेखकद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय



काठमाडौं, ३१ असार । नवनियुक्त गृहमन्त्री रमेश लेखकले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय भएको छ । उक्त समितिलाई १० दिनको समय सीमा दिएर प्रतिवेदन पेश गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्