काठमाडौं, ३१ असार । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका थिए । नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा ओलीले आज नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा आरजुले पहिलो पटक मन्त्री बन्ने अवसर पाएकी हुन् । कांग्रेसले विवादित छवि भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै उनको आलोचना सुरु भएको छ ।
तस्विर सबै मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल