Logo

नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा



काठमाडौं, ३१ असार । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि आज पहिलो मन्त्रिपरिषद्को बैठक बसेको हो । हिजो (आइतबार) प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज राष्ट्रपति निवासमा पद तथा गोपनीयताका शपथ लिएका थिए । पद तथा गोपनीयताको शपथ लिएसँगै ओलीले २ उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

‘२०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ,’– नवनियुक्त सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले भने । फोटो, भिडिओः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्