Logo

समर्थन फिर्ता लिने धम्कीपछि मधेशका मुख्यमन्त्रीले छाडे अर्थको अडान, कांग्रेसका ४ मन्त्रीले आजै शपथ लिने



काठमाडौं,३ असार । अर्थ मन्त्रालयमा कुरा नमिल्दा संकटमा परेको मधेश सरकार तत्कालका लागि जोगिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस सरकारमा सामेल हुन लागेपछ मुख्यमन्त्री शतिसकुमार सिंहले सरकार जोगिने भएको छ । यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाएका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी हुन चाहेका थिएन् । हिजो मात्रै कांग्रेस मधेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।

कांग्रेसको चेतावनी र काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले अर्थ मन्त्रालय कांग्रेसलाई दिन मुख्यमन्त्री तयार भएका हुन् । थपिेन ४ मन्त्रीले आजै साँझसम्म शपथ लिने छन् ।



प्रतिक्रिया दिनुहोस्