Logo

कांग्रेस-एमालेलाई मोदीले भने, ‘तपाईहरुको प्रेम अमर रहोस्’



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको कुनै मोह नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारबारे आफूहरुलाई मतलब नरहेको बताएका हुन् ।

उनले माओवादी अब २०८४ सम्म नै प्रतिपक्षमा बस्ने बताए । ०८४ को आम निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी भएर माओवादीले सरकारको नेतृत्व गर्ने उनले दाबी गरे ।

‘नेपाली कांग्रेस र एमालेको सरकार बनेको छ, लभ परेको छ । त्यो प्रेम अमर रहोस् । हामीलाई एमाले–कांग्रेसको कुनै मोह पनि छैन, मतलब पनि छैन । २०८४ सम्म प्रतिपक्षमा रहेर देश र जनताको पक्षमा काम गर्छौं । आगामी निर्वाचनपछि ठूलो पार्टी बनेर मात्रै हामी सरकारको नेतृत्व गर्छौ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्