Logo

उपसभामुखको विवाद संसदभित्र प्रवेश गर्यो, कांग्रेसले माग्यो राजीनामा



काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद संसद्मा प्रवेश गरेको छ । सोही विषयलाई लिएर आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले उपसभामुख रानाको राजीनामा माग गरेका छन् । नेता खतिवडाले संसद र उपसभामुख पद भिसा सहजीकरण कन्सल्टेन्सी बन्न नसक्ने उनको भनाइ छ ।

संसद्सँग कुनै साइनो नभएका मान्छेलाई उपसभामुखले मानव तस्करीका लागि भिसा सहजीकरणका गर्ने कोशिस गरेको उनको आरोप छ । नेता खतिवडाले यस्तो अवस्थामा अब उपसभामुख रानाले संसद्को कमाण्ड गर्न नसुहाउने उनको तर्क छ । उपसभामुखलाई कुनै पनि विदेशी राष्ट्रबाट निमन्त्रणा आए भिसाका लागि आफ्नै प्रक्रिया रहेको बताउँदै उनले कसैले चिन्दैनचिनेका मान्छेको सिफारिस भएको बताए ।

‘यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर जग हँसाउनुभन्दा संसद्भन्दा बाहिर बसेर छानविनमा सहयोग गर्नुपर्छ । भिसा सहजीकरणको कन्सल्टेन्सी संसद र उपसभामुखको कार्यालय हुन सक्दैन । यो कन्सल्टेन्सीजस्तो नबनाइयोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्