Logo

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपा नेपालको निर्णय



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको छ । प्रतिनिधि सभामा जसपा नेपालका पाँच सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्