Logo

एमालेले भन्यो: उपसभामुख रानाले मानव तस्करी गरेको पुष्टि पत्रले नै गरिसक्यो, यस्तो व्यक्ति सदनलाई चाहिँदैन्



काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद दामोदर पौडेल वैरागीले मानव तस्करीको आरोप लागेको व्यक्ति सदनको नेतृत्वमा बस्न नहुने भन्दै मार्गप्रसस्त गर्न माग गरे ।

‘मानव तस्करी गरेको हो होइन भन्ने कुरा पत्रले नै बोलिसकेको छ । मिडिया ट्रायल हो होईन त्यो उहाँले लेखेको पत्रले नै बोल्छ । पत्रमात्र बोल्दैन । पत्रसँगै स्वयं उपसभामुखले जारी गरेको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भनेर बोल्छ’ उनले भने ।

सांसद पौडेलले मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएको व्यक्ति संवैधानिक परिषद्को सदस्य रहन नसक्ने जिकिर गरे । उनले भने– ‘देशको चौथो दल हौँ, युवा हौँ, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो । कसको लेनदेन छ रु यो कुरा चाहियो । हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छेलाई अनेक नाउमा लेटर प्याडको प्रयोग गरेर, अनेक गरेर मान्छे बेच्ने ? उहाँलाई करुणा जाग्यो । इजरायलमा मान्छे मर्दा, इराकमा मान्छे मर्दा विज्ञप्ति आयो ?’



प्रतिक्रिया दिनुहोस्