Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा, बहादुरसिंह लामाले आजै दाबी पेश गर्ने



काठमाडौं,६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकबलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रदेश सभाबाट आफूले गरेका कामकाे रेकर्ड गराउन बैठक राख्न आग्रह गरेकाे र विश्वासकाे मत लिने प्रस्ताव दर्ता गरेकाे बताउँदै नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेकाे मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने उनले बताए ।

२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

बागमतीमा अब कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस्