Logo

रास्वपालक्षित एमाले नेता विष्टको टिप्पणीः ‘कांग्रेस-एमाले गठबन्धन कसैकसैलाई ‘चार दिनको चाँदनी फेरि अँधेरी’ भएको छ’



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि फर्किनुपर्ने अवस्था नआउने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नरम काँघ खोजेर गठबन्धन बदल्ने प्रवृत्तिको उपज रहेको बताए । नेता विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै कांग्रेस–एमालेको गठबन्धन कतिपयलाई ‘चार दिनको चाँदनी फेरि अँधेरी’ बनेको टिप्पणी गरे ।

‘यो गठबन्धन नरम काँध खोज्दै गठबन्धन बदल्ने प्रवृत्तिको उपज हो । अरु केही भएको छैन, बाघको छालामा स्यालको रजाइँ गर्ने कुराले कोल्टो फेरेको छ । कतिपयको लागि त चार दिनको चाँदनी फेरि अँधेरी भएको छ । अरु केही भएको छैन, देश ठीकै ढङ्गले अगाडि बढेको छ,’– उनले भने ।

नेता विष्टले शिथिल अर्थतन्त्र, सार्वजनिक ऋणभार, पुँजीगत खर्चको संकुचन, आयको असमानता, स्रोत साधनको केन्द्रीकरण, युवा पलायनता, विकासमा सुस्तता, अनियन्त्रित बसाईँसरार्इँ, गरिबी, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा संकट देखापरेको बताए । उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर जनताले भरोसा गर्ने परिस्थिति निर्माण हुने विश्वास व्यक्त गरे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्