Logo

नाउपाले भन्यो: संविधान संशोधनमा हाम्रो मुद्दा सम्बोधन हुनेमा आशावादी छौं, सरकारप्रति विश्वास छ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराम चौधरी थारुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत दिने बताएका छ्न । अ‍ोलीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै नेता चौधरीले सत्ता गठबन्धनले संविधान संशोधनको कुरा उठाएको हुँदा नयाँ सरकारलाई साथ दिेन बताए ।

उनेल सत्ता गठबन्धले आफूहरुले उठाएको मुद्दा सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको बताए । उनले भने, ‘यो गठबन्धनप्रति धेरै आसा छ । संविधान संशोधन हुनुपर्छ भन्ने कुरामा सहमत छ । यो गठबन्धन सरकारसँग आशावादी छौँ । सत्ता पक्षमा बस्नुको कारण छ । किसान दलित र सीमान्तकृत समुदायको हक हित हुन्छ भनेर हामी सरकारमा बसेको हो । संविधान संशोधनमा हाम्रो मुद्दा समावेश होस ।’



प्रतिक्रिया दिनुहोस्