काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत दिने बताएका छ्न । अोलीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्वमन्त्री खानले सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।
खानले ओली सरकारमा दलित र मुस्लिमलाई समावेश नगरेको भन्दै आपत्ति जनाए । उनले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यी दुई समूदायलाई समावेश गर्न आग्रह गरेका छन् ।
उनले ४० लाखभन्दा बढी दलित र १५ लाखभन्दा बढी मुस्लिम समुदायको जनसंख्या भए पनि उनीहरूको उपस्थिति मन्त्रिपरिषद्मा हुन नसकेको बताए । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक रहेको बताए ।
उनले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताए । उनले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्ने बताए ।