Logo

लुम्बिनी एमालेमा नयाँ ट्वीस्ट, लिला गिरीलाई रोक्दै शंकर पोखरेलनिकट चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै



काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले दाबी पेश गर्ने भएका छन् ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

आचार्य पार्टी महासचिव शंकर पोखरेल निकट हुन भने संसदीय दलका नेता रहेका गिरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल निकट हुन् । गिरीलाई रोक्न आचार्य केही दिनदेखि काठमाडौंमा धाईरहेका थिए । एमाले र कांग्रेसबीच नयाँ सत्ता गठबन्धन बनाउन भूमिका खेलेका पोखरेलले अन्तत आफ्नो गृह प्रदेशमा आफू निकटकै व्यक्तिलाई मुख्यमन्त्री बनाउन सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्