Logo

दुर्घटनामा परेको विमानमा अधिकांश सौर्य एयरलाइन्सका कर्मचारी सवार, उद्धार कार्य जारी {LIVE}



काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटना भएको जाहजमा अधिकांश सौर्य एयरलाईन्सको कर्मचारी रहेको बताइएको छ । दुर्घटनाका कारण विमान पूर्ण रुपमा जलेको बताइएको छ ।

पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । जहाज मर्मतका लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको बताइएको छ ।

जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । अहिले मृतकहरुको शव संकलन गर्ने काम भइरहेको बताइएको छ । आधिकारिक रुपमा कति जनाको मृत्यु भएको हो भन्ने कुरा भने पुष्टि भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्