Logo

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त



काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार भएको थियो ।

उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइएको थियो । पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।

उनी अहिले हल्का बोल्न र झोलिलो पदर्थ पिउन सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले बताएको छ । उनको मेरुदण्डको अप्रेसन गर्नुपर्ने बताइएको छ । साथै, पाइलट शाक्यको स्वास्थ्यमा रहेको थप जटिलता पहिचानका लागि आज एमआरआई गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्