Logo

बीपीको विरासत र सिद्धान्तलाई आत्मसात् गरेकाले मात्रै कांग्रेस बचाउन सक्छन्ः सुजाता कोइराला



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सिद्धान्तविहीन भइसकेको टिप्पणी गरेकी छन् । ४२औँ बीपी स्मृति सप्ताहका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिद्धान्तविहीन राजनीतिक दल बाँच्न नसक्ने बताउँदै कांग्रेस अहिले यही अवस्थामा पुगेको टिप्पणी गरेकी हुन् । नेतृ कोइलाले कांग्रेसलाई पार्टीभित्रकै एक तहका मानिसहरुले बदनाम गराएको पनि दाबी गरिन् । उनीहरुलाई सचेत गराउँदै पार्टी बचाउने तर्फ लाग्न ढिला गर्न नहुने उनको धारणा छ ।

गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको कांग्रेस पार्टीको अहिले बदनाम भइरहेको उनले बताईन् । उनले पार्टी सुधार्ने काम समग्र नेता कार्यकर्ताको रहेको भन्दै उनले बीपीको विरासत र सिद्धान्तलाई आत्मसात् गरेकाले मात्रै बचाउन सक्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्