काठमाडौं,१३ साउत । करिब १० वर्षपछि पहिलो पटक सत्ताबाट प्रतिपक्षमा हुत्तिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
लगातार तीन दिनेदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको नेताहरुले बताएका छन् ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धमा बैठकलाई ब्रिफिङ गरेका थिए । शनिवारसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राखेका थिए ।