काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले नेपालमा पाइलटबोह यात्रुको रुपमा सबैभन्दा धेरै प्लेन चड्ने २५ जनामा आफूपनि पर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद तामाङले गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनाबारे सदनमा कुरा उठाउँदै सांसद तामाङले सो कुरा बताएका हुन् ।
‘२०५७ सालदेखि बढी प्लेन चढ्नेमा पाइलटबाहेक २५ जनाभित्र पर्छु होला । सौर्य एयरलाइन्स आएदेखि जनताले सेवा छिटो खोज्नुभयो । उहाँहरूले अरु प्लेनभन्दा १० मिनेट अगाडी पुर्याउने अनि त्यही भएर जनताले त्योमात्र चढ्न खोज्नेभयो,’ उनले भने ।
सांसद तामाङले डडेलोका कारण वन जंगल सखाप भएको भन्दै जंगलमा सीसीक्यामेरा जडानको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् । ‘क’ वर्गका निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित सासद तामाङ प्रतिनिधि सभामा धनीमध्येका एक सांसद हुन ।