काठमाडौं, १३ साउन । हालै सम्पन्न युरो कप २०२४ मा किङ्गस लाउन्ज दरबारमार्गद्वारा चलाईएको ‘प्रेडिक्ट एण्ड विन’ क्याम्पेनिङ्ग अन्तरगत सहभागी हजारौं फ्यानहरुमध्ये गोला प्रथाबाट नेपाल तरुणदल केन्द्रीय सदस्य ई.दिपेन्द्र क्षेत्री विजेता बन्न सफल भएका छन् ।
नेपाली फुटबल जगतका लेजेण्ड खेलाडी पूर्व राष्ट्रिय कप्तान (हाल एन्फाका टेक्निकल डारेक्टर) हरि खड्का तथा सफल युवा ब्यवसायी, किङ्गस लाउन्जका सञ्चालक, कांग्रेसका युवा नेता तथा नेपाल तरुणदल केन्द्रीय सदस्य कुमार गुरुङ्ग, साथै फुटबलका समर्थक, तरुण दलका केन्द्रीय सदस्यहरु, सामाजिक ब्यक्तित्वहरुको उपस्थितिमा फुट्सल खेलको आयोजनामार्फत गिफ्ट ह्याम्पर प्रदान गरिएको हो ।
नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष सन्देश खाणका अनुसार उक्त क्यामपेनिङमार्फत किङ्गस लाउन्जले हरेक खेलका विनरलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।