Logo

पोखरा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, २९ जना घाइते



काठमाडौं । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पोखरामा एक जनाको निधन भएको छ ।

सोमबार बिहान पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो ।

पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । यद्यपी कास्की प्रहरीले यसअघि बसमा सवार २२ विद्यार्थीसहित २४ जना भएको बताएको थियो ।

उक्त दुर्घटनामा परि विद्यालयकै एक स्टाफको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार ३३ वर्षीय आरती विकको ज्यान गएको हो । निधन भएकी विक पोखरा २१ कै हुन् ।

अन्य घाइतेको पोखराका तीन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्