Logo

सिमलताल बस दुर्घटनाबारे चिनियाँ राजदूतले भद्दा टिप्पणी गरेको भन्दै लोसपाको आपत्ति



काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता रहेका यात्रु र बसकाे खाेजीबारे चिनिया राजदूत छन् साेङले भद्दा टिप्पणी गरेकाे भन्दै प्रतिनिधिसभामा विराेध भएकाे छ । लाेसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल सरकारकाे नेतृत्वमा भइरहेकाे खाेजी कार्यप्रति चिनियाँ राजदूतले मजाक उडाएकाे आराेप लगाए ।

प्रतिनिधिसभाको आकस्मिक समयमा उनले भने, ‘मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ संयुक्त प्रयासलाई अपहेलित गर्ने काम भएको छ । यो कृत्य कुनै पनि देशको कुटनीतिक मर्यादाविपरीत हो । नेपालको नेतृत्वमा भएको खोजी कार्य सफल भए पनि असफल भए पनि मजाक उडाउने कार्य निन्दनीय हो । सरकारले अहोरात्र खटिरहेको कार्यको मजाकपूर्ण ढंगले भइरहेको अपमानलाई नाेटिसमा लिनुपर्छ । कुटनीतिक ढंगले रोकिनुपर्दछ ।’



प्रतिक्रिया दिनुहोस्