Logo

गोविन्दराज जोशीको फैसलाबारे माओवादीको टिप्पणी: ४ करोड भ्रष्टाचारमा ४ हप्ता जेल,आहा ! क्या मज्जा



काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले भ्रष्टाचार मुद्धामा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीलाई कम सजाय तोकिएको भन्दै आपत्ति जनाएका छन् ।

२० वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड भ्रष्टाचार गरेको आरोपमा जोशीविरु४ मुद्धा दायर गरेको थियो । जुन सोमबार सर्वोच्च अदालतबाट टुंगिएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले जोशीलाई भ्रष्टचारी ठहर गरेको थियो ।

यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

तर सोमबार सर्वोच्चले कैद सजाय घटाउँदै ९ महिना कैद र ६९ लाख जरिवाना तोकेको छ । जोशी वृद्ध भएको हुँदा उनको कैद ७५ प्रतिशत कट्टा हुनेछ । त्यति धेरै बिगो माग दाबी गरिएको मुद्दामा कम सजाय तोकिएको भन्दै सांसद बराइलीले आपत्ति जनाएका हुन् । ‘४ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दाय हुँदा ९ महिना कैद तोकिएको छ । त्यो पनि ७५ प्रतिशत कट्टा गर्दा ४ हप्ता हुन्छ । आहा क्या मज्जा’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्