Logo

२० महिनापछि गठन भयो एमालेको भागमा परेको एउटा संसदीय समिति, यी हुन समितिका सदस्यहरु



काठमाडौं,१५ साउन । संसद्मा रहने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ ।

कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख देवराज घिमिरे समिति गठन गरेका हुन् । अन्य समिति २०८० सालमै गठन भएपनि यो समिति गठन हुन सकेको थिएन ।

यस समितिका सदस्यहरु निम्न छन् ।
ठाकुरप्रसाद गैरे, दीलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सेना, प्रतिमा गौतम, प्रभु हजरा, बुद्धिमान तामाङ,शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई रहेका छन् । सो समितिमा अब राष्ट्रिय सभाका सदस्य थपिएपछि नेतृत्व चयन हुनेछ । सो समितिको नेतृत्व एमालेले पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्