Logo

रास्वपाको महामन्त्री मै हुँ, म विना बसेको बैठकले वैधता पाउँदैनः मुकुल ढकाल (भिडिओसहित)



काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले अहिलेसम्म पार्टीको महामन्त्री आफैं रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन आयोगले चिन्ने महामन्त्री आफैं रहेको दाबी गरेका हुन् । उनले आफूलाई अहिलेसम्म पार्टीले स्पष्टीकरण नसोधेको दाबी गर्दै यसरी हटाएको कुरा वैद्य नहुने बताएका हुन् ।

‘म अहिले पनि रास्वपाको महामन्त्री हो । निर्वाचन आयोगमा अपडेट हुनुपर्छ । चिन्ने भनेको निर्वाचन आयोगले हो । निर्वाचन आयोगको अभिलेखमा आजको दिनसम्म म महामन्त्री नै हो,’– उनले भने ।

राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानले पनि स्पष्टिकरण नसोधी कारबाही गर्न नमिल्ने उनको दाबी छ । आफूलाई सभापतिबाहेक अरु कसैले स्पष्टीकरण सोध्न नसक्ने दाब िगरे । पार्टीको बैठक सञ्चालन कार्यविधिमा महामन्त्रीविना बैठक बस्न नमिल्ने उल्लेख रहेको दाबी गर्दै उनले आफूविना बसेका सबै बैठक र निर्णयहरु अवैद्य हुने बताए ।

‘पार्टीको बैठक सञ्चालन कार्यविधिअनुसार महामन्त्रीविना बैठक बस्न पाइँदैन । बैठक सञ्चालन महामन्त्रीले गर्छन् । तेस्रो कुरा कुनै पनि निर्णयको प्रमाणीकरण महामन्त्रीको हस्ताक्षर अर्थात मेरो हस्ताक्षरबाट हुन्छ । मलाई निस्काशन गरियो भनिएको बैठकको निर्णयमा मेरो हस्ताक्षर छैन । त्यो आधिकारिक बैठक होईन, त्यो अनौपचारिक बैठक हो । अनौपचारिक बैठक भनेको गुटको बैठक हो । त्यो मान्यता हुँदैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्