Logo

छानबिनको दायरामा तानिए एआईजी श्याम ज्ञवाली



काठमाडौं,१६ साउन । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो। गत वर्ष बरामद भएको ६१ किलो सुन प्रकरणमा मुछिएका जीवन चलाउने लगायताको विषयमा उनीविरुद्ध उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । आईजीपी कुँवरकै ब्याचि रहेका ज्ञवाली तत्कालीन एआईजी किरण बज्राचार्यको ठाउँमा सीआईबी प्रमुख बनेका थिए ।

बज्राचार्यलाई ६१ किलो सुन प्रकरणको छानबिन गर्न गठित समितिले विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सरुवामा परेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्