Logo

कांग्रेसले नाम नदिँदा अरुणले खान पाएनन् राज्यमन्त्रीको शपथ



काठमाडौं,१६ साउन । साउन १० गते राज्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीलाई राज्यमन्त्रीमा पठाउन सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी थिईन् । तर, उनको शपथ भने भएको छैन् ।

किन भएन शपथ

एक सातादेखि नाम सिफारिस भएपनि उनकोशपथ नहुनुमा अन्य दुई जना राज्यमन्त्रीको नाम नटुंगिनुसँग जोडिएको छ । ओली नेतृत्वको सरकारमा २२ सदस्यीय मन्त्रिमण्डल पहिला नै गठन भईसकेको छ । अब संविधान अनुसार बढीमा ३ जना राज्यमन्त्री थप्न सकिन्छ । तीन जनामध्ये २ जना सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले हालसम्म राज्यमन्त्रीमा पठाउनेको नाम टुंग्याउन सकेको छैन् । यसअघि मन्त्री छान्दा समावेशी र भूगोललाई ध्यान नदिएको भन्दै आलोचना भइरहेको हुँदा कांग्रेसलाई नाम छान्न सकस परेको छ ।

यसअघि मन्त्रिपरिषद्मा दलित र मुस्लिमलाई प्रतिनिधित्व नगराएको भन्दै प्रश्न उठिरहँदा कांग्रेसले दलित र मुस्लिममध्येबाट नाम टुंग्याउनुपर्ने बाध्यता रहेको छ । कांग्रैसबाट शान्ति विक, रुपा विक र सीता मिजारलगायतका सांसदहरु राज्यमन्त्रीको लागि चर्चामा आएका नाम हुन् । त्यसोत महामन्त्री गगन थापानिकट प्रतिमा गौतम र जुम्लाकी पूर्वमेयर कान्तिका सेजुवाल र जाजरकोटकी मैना कार्की रावल पनि राज्यमन्त्रीको लागि दावेदार नाम हुन् ।



प्रतिक्रिया दिनुहोस्