Logo

सेवाग्राहीको एक करोड १७ लाख रुपैयाँ अपचलन गरेर प्रभु बैंक विर्तामोड शाखाका कर्मचारी फरार



काठमाडौं, १७ साउन । प्रभु बैंक लिमिटेड विर्तामोड शाखाका माकेटिङ म्यानेजर प्रमोद सिटौला सेवाग्राहीको रकम हिनामिना गरेर बेपत्ता भएका छन् । बैंककी सेवाग्राही मञ्जु नेपालले मुद्दती खाता (फिक्स डिपोजिट) मा राखेको एक करोड १७ लाख रुपैयाँ हिनामिना गरेर उनी बेपत्ता भएको बताइएको छ ।

फिक्स डिपोजिटमा राखिएको उक्त रकम अवधि पुगेपछि (छ महिना) निकाल्न जाँदा खातामा २ लाख रुपैयाँमात्रै रहेको बताइएको छ । मञ्जुसँग प्रभु बैंक विर्तामोड खाशामा एक करोड १९ लाख फिक्स डिपोजिटमा राखेको कागजात पनि छ । पत्रकारसमेत रहेका मञ्जुका श्रीमान टिकाराम नेपालले आफूहरु अमेरिका जानुअघि भएको सबै पैसा फिक्स डिपोजिटमा राखेको बताए । तर, अवधि पूरा भएर पैसा निकाल्न जाँदा खातामा २ लाख रुपैयाँमात्रै छ भन्ने जानकारी पाएको उनले सुनाए ।

‘अमेरिका जानुपूर्व आफूसँग भएकोृ सबै पैसा श्रीमतीको नाम एकमुष्ठ जम्मा गरेर बैंकबाट डकुमेन्टहरु लिएर हिँडेको हँ म । एफडी मेचुअड भएर म लिन जाँदाखेरी एकाउन्टमा पैसा छैन भनियो । म आफैं छक्क परेँ,’– बुधबार विर्तामोडमा पत्रकार सम्मेलन गरेका नेपालले भने ।



प्रतिक्रिया दिनुहोस्