Logo

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी



काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर मार्केट आजमा आज सामन्य करेक्सन आएको हो ।

आज सामान्य करेक्सन आएपनि कारोबार रकम भने हिजोकै हाराहारीमा रहेको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

हिजो ६४ अंकले बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । आज ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्