Logo

शान्त र आनन्दित मनमा नै भगवानको बास हुन्छः केकी अधिकारी



काठमाडौं, १८ साउन । चर्चित नायिका केकी अधिकारीले पशुपति कोटीहोम महायज्ञमा आउदा अन्त कतै नपाएको शान्ति पाईने बताएकी छिन् । पशुपति क्षेत्र, (वनकाली) हंसमण्डप, काठमाडौंमा जारी कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ मा सहभागी भएकी नायिका अधिकारीले शान्त र आनन्दित मनमा नै भगवानको वास हुने बताईन् ।

मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो । महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ ।

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्