काठमाडौं, १८ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको संख्या बढाएर ३४३ पुर्याइएको छ । गत असार तेस्रो साता काठमाडौंमा सम्पन्न भएको एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव कुमार नेपाल, सम्मानीत नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।
त्यस्तै, तीन पदाधिकारी र ९० जना केन्द्रीय सदस्य चयन गरेर महाधिवेशन समापन भएको थियो । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अब बाँकी पदाधिकारी छनोटको गरिने बताइएको छ । एकीकृत समाजवादीको पदाधिकारी २१ सदस्यीय रहने ब्यवस्था छ । अब पदाधिकारीमा एक महिलासहित ७ जना उपाध्यक्ष, उपमहासचिव ४ जना र सचिव ७ जना चयन गर्न बाँकी छ ।