Logo

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने



काठमाडौं, १९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज (शनिबार) प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका माओवादीले समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेलले नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्