Logo

दलहरुको पहिलो प्राथमिकतामा शिक्षा नपरेसम्म देशको शिक्षा अवस्था यस्तै हुन्छ: डा. सिंह



काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपति डा.नन्दबहादुर सिंहले नेपालका राजनीतिक दलहरुले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा र स्वाथ्यलाई राख्नै नसेकको बताए । उनले राजनीतिक दलको पहिलो प्राथमिकतामा शिक्षा र स्वाथ्य नपरेसम्म नेपालको शिक्षा यस्तै नै भइरहने बताए ।

साथै, नेपालका राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेर शिक्षा, खेलकुद, स्वास्थ्य, कर्मचारीतन्त्र र न्यायलयमा राजनीतिक नियुक्ति र राजनीतिक गतिविधि बन्द गर्नुपर्ने उनले बताए । सबै निकायमा स्वच्छ प्रतिस्पर्धाबाट मानिसहरु ल्याइनुपर्ने उनले बताए । नेपालाई चाहिने योग्य राष्ट्रिय शिक्षा नीति पारित गर्नु आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्