Logo

क्रिकेट रंगशालाबारे खेलाडी, खेलप्रेमी कलाकार र क्यानसँग प्रधानमन्त्री ओलीले गरे छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशालाबारे क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान बालु्वाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेल प्रेमी कलाकारसँग छलफल गरेका हुन् । छलफलपछि प्रधानमन्त्री ओलीले आफू उत्साहित भएको बताएका छन् ।

ओलीले आफू प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरउन्नतिबारे निर्णय गरेका थिए । आइतबार भएको छलफलमा क्यानका सचिव पारस खड्का, पुरुष क्रिकेट टिमका खेलाडी, पूर्वक्रिकेटर शक्ति गौचन, कलाकार प्रकाश सपुत, रचना रिमाललगायत उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्