Logo

नेसपाले तोक्यो विभाग प्रमुख, अर्थको जिम्मा हिसिलालाई



काठमाडौं, २० साउन । नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ। यही साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू पुनर्गठन गरेको हो।

जसअनुसार संगठन विभाग प्रमुखको जिम्मा सोनामसिं स्याङ्तानले पाएका छन् । त्यसैगरी, प्रशिक्षण विभागमा महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा शोब, आर्थिक व्यवस्थापन विभागमा हिसिला यमी प्रमुख रहेका छन् ।

प्रचार प्रसार तथा सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारी मानुषि यमी भट्टराईले पाएकी छन् । हिसिला पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईकी श्रीमति हुन् भने मानुषि छोरी हुन् । त्यस्तै विभिन्न १२ वटा जनवर्गीय संगठनका इन्चार्ज र केही सहइन्चार्जहरु पनि तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्