Logo

कुलमानले असहयोग गर्न खोज्नुभयो, सरकार निरिह भएर बस्दैनः पद्मा अर्याल (भिडिओसहित)



काठमाडौं, २१ साउन । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई असहयोग गर्न खोजेको बताएकी छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब सरकारको निकायमा बसेर सरकारलाई नै असहयोग गर्नेहरुको विरुद्ध सोच्न आवश्यक रहेको बताईन् । राज्यका निकायमा बसेकाहरुले सरकारलाई असहयोग गरेको खण्डमा हटाउन सकिने भएपनि अहिलेसम्म कुलमानलाई हटाउने विषयमा कुनै पनि छलफल नभएको उनको भनाइ छ ।

‘राज्यमा बसेको मानिसहरु सहयोगी नै बन्ने हो भने सोच्नुपर्ने हुन्छ । अहिले हटाउनका निमित्त त्यो गरेको होईन । समस्या समाधानका निमित्त गरेको हो । जब यो काम गर भन्दा उल्टो काम गर्नेलाई राज्यले सोच्नुपर्दैन ? भएन भने राज्य निरिह भएर बस्दैन । सरकारको निर्णय कार्यान्वयन नगर्ने, सरकारले भनेको नमान्ने मान्छेहरु सरकारका निकायहरुमा बस्ने कुरै हुँदैन । तर, अहिले नै त्यो कुरामा छलफल भएको छैन,’– उनले भनिन् ।

उद्योगहरुको लाईन काट्नुमात्रै समस्याको समाधान नरहेको उनको भनाइ छ । सबै उद्योगी, व्यवसायीले विद्युत महशुल नतिर्ने नभनेको उनको भनाइ छ । व्यवसायीहरुले राज्यसँग केही समय मागेकाले सरकारले सहजीकरण गर्न खोजेको उनले बताए । लाइन काटेर भन्दा पनि व्यवसायीलाई कन्भिन्स गरेर बक्यौता तिराउनुपर्ने उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्