Logo

सुदूरपश्चिम सरकार विस्तार हुँदै,यी ६ सांसदले लिँदैछन् मन्त्रीको शपथ



काठमाडौं,२१ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।

सोमबार दिउँसो साढे तीन बजे मुख्यमन्त्री शाहलाई शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी अगाडि बढाएको छ।

नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त शाहले सोमबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारी पनि गरेका छन्।

सुदूरमा हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेको छ । ७ मध्ये एमालेले तीन,कांग्रेसले २ र नागरिक उन्मुक्रि पार्टीले एक मन्त्रालय पाएका छन् । कांग्रेसले महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने भएको छ । भने नाउपाबाट लक्ष्मणकिशोर चौधरीले मन्त्रीको शपथ लिनेछन् ।

यता तीन मन्त्रालय पाएको एमालेले सुरेन्द्रबहादुर पालको नेतृत्वमा वीरबहादुर थापा र सन्तोष शर्मा थापालाई मन्त्री बनाउने तयारी गरेको छ । थापा र पाल निवर्तमान मन्त्री हुन भने शर्मा राजेन्द्रसिं रावल नेतृत्वको ३० दिने सरकारमा बिना विभागीय मन्त्री बनेकी थिईन् ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा सशक्त दाबी गरिरहेको छ।

नेपाली कांग्रेसले पनि यी दुवै मन्त्रालयमध्ये एक मन्त्रालय आफूले राख्न चाहेको छ। आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेस र एमालेले साटफेर गर्ने गरी छलफल चलिरहेको एक नेताले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्