काठमाडौं,२१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतममाथि दूर्व्यवहार भएको छ । आइतबार काठमाडौं-२ अन्तर्गतका विभिन्न बस्तीमा पुग्ने क्रममा आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका ६ को मूलपानीमा उनीमाथि केही युवाले दूर्व्यवहार गरेका छन् ।
सांसद गौतममाथि भएको दूर्व्यवहारको जानकारी सदनलाई जानकारी गराएकी छन् ।, सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक सयम लिएर बोल्दै सांसद गौतमले सदनमा रहेको राष्ट्रिय मान्यता प्राप्त दलकै जिम्मेवार पदमा रहेको व्ययक्तिहरुले आफूमाथि दूर्व्यवहार गरेको दाबी गरेकी छन् ।
‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’
उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताइन् । ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए। मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’