Logo

सुदूरपश्चिम सरकारमा एमालेले पूरानै सेट पठाउने, राज्यमन्त्रीमा निर्मलालाई अवसर



काठमाडौं । नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ । आज बसेको संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्री छानेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्कीलाई पठाइने भएको छ । यी तीनैजना मन्त्री यसअघिको सरकारमा पनि सहभागी भएका थिए । थोरै समय मन्त्री भएको तीनैजनालाई एमालेले फेरि अवसर दिएको हो । एमालेले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदलाई पठाउने भएको छ ।

आइतबार मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरुले पनि शपथ लिने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले यसअघिनै मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । नाउपाबाट भने लक्ष्मणकिशोर चौधरी मन्त्री बन्नेछन् ।

मुख्यमन्त्री कमल बहादुर शाहसहित कांग्रेसले आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्कालाई पठाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्