Logo

राजीनामा दिएर देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, सेना प्रमुखले सम्बोधन गर्दै



काठमाडौं । ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत लेखेको छ ।

उनी सेनाको विशेष हेलिकोप्टरबाट भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् ।

प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। 

पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको समेत बताइएको छ । हसिना आफ्नी बहिनीसहित भागेको जनाइएको छ । केही समयपछि त्यहाँका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ । हालै भएको चुनावमा हसिनाको पार्टीले एकलौटी जित हासिल गरेको थियो । तर सो चुनाव विपक्षी पार्टीले बहिस्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्