Logo

सहकारी ठगी छाविनका लागि गठित समितिले पीडकहरुलाई छलफलमा बोलाउने, उपस्थित गराइदिन गृहलाई निर्देशन



काठमाडौं, २१ साउन । सहकारी ठगी छानविनका लागि गठन भएको संसदीय विशेष समितिले पीडकहरुसँग पनि छलफल गर्ने भएको छ । आज (सोमबार) बसेको समितिको बैठकले उक्त निर्णय गर्दै पीडकहरुलाई उपस्थित गराइदिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

ुसहकारी ठगी प्रकरण छानविनका लागि गठित समितिले विज्ञ, विभिन्न आयोगका पदाधिकारी र सम्बन्धित निकायहरुसँग छलफल गरिसकेको छ । अब पीडकहरुको पनि कुरा सुनेर निश्कर्षमा पुगिने समितिका सदस्य लेखनाथ दाहालले बताए ।

‘अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ । पीडक पक्षहरुसँग पनि छलफल गर्ने, जो विभिन्न जेलहरुमा छन्, विदेशमा छन् । हामीले जो छलफल गर्न आवश्यक छन्, ती पीडकहरुलाई सहकारी विशेष छानविन समितिको कार्यालय गराउनु भनेर हामीले निर्णय गरेर गृहमन्त्रालयलाई पनि भनेका छौं । अन्तिम पीडकहरुसँग छलफल गरिन्छ, त्यसपछि निर्णय प्रक्रियामा गइन्छ,’– बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्