Logo

जनता निराश छन्, विद्रोही चरणमा पुगिसके, नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सक्निुपर्छः कांग्रेस नेता खड्का (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले बंगलादेशको घटनाबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालका जनताहरु पनि निराश भएर विद्रोही चरणमा पुग्ने अवस्थामा रहेको बताएका हुन् ।

उनले नेताहरुले अब संस्कार, व्यवहार, सोच, दृष्टिकोणमा परिवर्तन गरि देश र जनताप्रति जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए । ‘नेपालका हाम्रा नेताजीहरुले सिक्नुपर्ने कुरा के छ भने जनता निराश छन्, जनता विद्रोही चरणमा पुगिसके । यहाँका नेताहरुलाई जो आफ्नो परिवारवादमा, आफन वरपरकालाई प्रमोट गर्ने हिसाबमा, देश र जनताभन्दा पनि बढी आफ्नो स्वार्थलाई हेर्ने प्रवृत्ति जुन देखा परेको छ, यो ठूलो पाठ हुनेछ,’– उनले भने ।

बंगलादेशमा सरकारी सेवाका आरक्षणको विरोधमा भएको आन्दोलन उत्कर्षमा पुग्दा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिई भागेर भारत पुगेकी छन् । उनी अहिले भारतको शरणमा छिन् । एक महिना लामो आन्दोलनमा त्यहाँ ठूलो मात्रामा मानवीय क्षति भएको थियो । सन् २०१८ मा त्यहाँ सरकारी जागिरमा ५६ प्रतिशत कोटा फिक्स गरिएको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्