Logo

प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्यव्यवस्था समितिको बैठकमा जाँदै ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।

सिंहदरबारस्थित कानून समितिको सभाहलमा दिउँसो १ बजेपछि बस्ने बैठकमा ओलीउपस्थित हुन लागेका हुन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक समितिको बैठकमा जान लागेका हुन् ।

प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक समितिको बैठकमा उपस्थित हुन लागेका हुन्। यसअघि गत १६ गतेको बैठकमा पनि ओलीलाई समितिमा आमन्त्रण गरिएको थियो। तर, उनले आफू उपस्थित हुन नसक्ने पत्र गृहमन्त्रीलाई पठाएका थिए।

समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्