Logo

प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्य व्यवस्था समितिमा प्रधानमन्त्री ओली सहभागी



काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् ।

बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिब पौने ३ बजे पुगेका छन् । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्