Logo

सरकार कसैप्रति प्रतिशोध साँध्न बनेको होइन्, भ्रष्टाचारीको अनुहार हेरेर क्षमा गर्दैनौं: प्रधानमन्त्री अ‍ोली



काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पारेका छन् ।

मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले कोही कसैप्रति उदारता र अनुदारता नदेखाउने बताएका छन् । ‘यो सरकारले कोही कसैप्रति प्रतिशोध साँधन् बनेको होइन् । डामाडोल बनको अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न सरकार बनेको हो । त्यसैले तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन्’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्ने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् । उनले वर्तमान सरकारल कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गरे । उनले भने,‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ ।  भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’

ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्य व्यवस्था समितिमा पुगेका हुन् । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्