Logo

शासकहरुले कान सुन्नुपर्छ, आँखा देख्नुपर्छ, होईन भने बंगलादेशको जस्तो हुन्छः माओवादी नेता शाही (भिडिओसहित)



काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सत्तामा बस्ने शासकहरुले जनताको अपेक्षा र चाहना बुझेर काम गर्न सक्नुपर्ने बताएका छन् । हिजो (मंलगबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शासकहरुले कान नसुन्ने र आँखा नदेख्ने गरेर बसेको खण्डमा बंगलादेशको परिस्थिति भोग्न तयार हुनुपर्ने बताएका हुन् ।

‘बंगलादेशमा जुन घटना घट्यो, यो घटनाबाट नेपालका राजनीतिक दलहरुले लिनुपर्ने शिक्षा के हो भने सत्तामा रहँदा कानै नसुन्ने, आखैं नदेख्ने चाहीँ हुनुभएन । शासकहरुले जहिले पनि आँखा देख्नुपर्छ । अन्धो हुन हुँदैन र बैरो हुन हुँदैन । कान पनि सुन्नुपर्छ । जनताको चाहना अपेक्षा के हो ? सबैभन्दा सर्बैसर्वा भनेको जनता हो । जनताले के चाहन्छ ? जनताको अपेक्षा के हो ? जनताको आशा के हो ? यो कुरा चाहीँ सत्तामा रहने, सत्ताको नेतृत्व गरेका शासकहरुले बुझ्नुपर्छ । बुझिएन भने ठ्याक्कै बंगलादेशको जस्तो हुन्छ,’– उनले भने ।

नेता शाहीले सत्तामा गएका शासकहरुले राष्ट्र, राष्ट्रियता र जनताबाहेक अरुतर्फ ध्यान गएको खण्डमा परिणाम त्यस्तै हुने बताए । उनले अहिले दक्षिण एशियाली मुलुकहरुमा यस्ता प्रकृतिका घटनाहरु धेरै घटेको बताउँदै यसको कारण बुझेर अगाडि बढ्नुपर्ने बताए । देश र जनताको बारेमा भन्दा पनि आफ्नो बारेमा धेरै सोच्ने शासकहरुको पालामा यस्ता प्रकृतिका घटनाहरु भइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्