Logo

तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ को भिडियो सार्वजनिक



काठमाडौं, २४ साउन । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसँगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैबीच नायिकाहरु शर्मिला मल्ल , अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ को भिडियो सार्वजनिक भएको छ ।

गीतकार डीपी खनालको शब्दरचना , शंकर थापा ‘स्माइल’ को म्युजिक निर्देशन र गायिका निता आचार्यको सुमधुर स्वरमा रहेको यस मौलिक तीज गीतमा गत बर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाई रमाइलो गरी मनाउँ भन्ने भाव प्रस्तुत गरिएको छ ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ । विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाइ गायिका निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्