Logo

गृहमन्त्री हुँदा रवि लामिछानेको भूमिका फाइल खोल्ने होईन, मिलाउनेतिर रह्योः महेश बस्नेत



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले प्रोपोगाण्डा गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व गृहमन्त्री लामिछानेले फाइल खोल्दै थियौं, ठ्याक्कै सरकार परिवर्तन भयो भनेर स्टन्टबाजी गरिरहेको बताएका हुन् । उनले लामिछाने गृहमन्त्री हुँदा फाइल खोल्नेभन्दा पनि फाइल मिलाउने, सोझ्याउने र फर्काउनेतिर बढी भूमिका रहेको बताए ।

‘अहिले पनि कतिपय दलहरुले प्रोपोगाण्डा गर्दै फाइल खोल्दैथियौं, ठ्याक्कै सरकार चेन्ज भयो भनेर अनेक खालको स्टन्टबाजी सुरु भएको छ । फाइल खोल्दै गरेका सबै कुरा गलत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता आगमन मात्रै कुरा के हो भने रवि लामिछानेको सहकारी प्रकरणदेखि लिएर अनेक प्रकरणलाई ढाकछोप गर्न गृहमन्त्री पद चाहिएको थियो । यो दौरानमा उहाँले फाइल खोल्ने होईन कि फाइल मिलाउने, फाइल सोझ्याउने र फाइल फर्काउने कुरामा उहाँको भूमिका रह्यो भन्ने मलाई लाग्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्