Logo

गायक बद्री सापकोटाको तीज गीत ‘ए मेरो राजै’ सार्वजनिक



काठमाडौं, २५ साउन । लोकदोहोरी गायक एवं सर्जक बद्री सापकोटाको तीजको गीत ‘ए मेरो राजै’ सार्वजनिक भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै गायक सापकोटाले उक्त गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा लय शब्द र स्वर सापकोटा र सुनिता बुढाक्षेत्रीको रहेको छ । उक्त गीतको भिडिओ मौसम हिमालीको निर्देशनमा रहेको छ । म्युजिक भिडिओमा विमल अधिकारी, अञ्जली अधिकारी, आस्था न्यौपानेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गायक सापकोटाले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा मौलिक गीत सिर्जना गरेको बताए । गाउँ घरमा बोलिने शब्द, गाउँघरका दिदी बहिनी, आमाहरुले पाएको दुःख, पीडा, बाबुआमाबाट टाढा हुँदा चेलीले गर्ने माइतीघरको सम्झनालगायतका कुराहरुलाई उनेर गीत तयार भएको बताए ।



प्रतिक्रिया दिनुहोस्