Logo

कुलमानले सुनाए प्राधिकरणको प्रगति विवरण, नाफा ४७ अर्ब बढी



काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् । आज (शुक्रबार) प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा अहिले उल्लेख्य नाफा कमाएको बताएका हुन् । ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’– उनले भने ।

आफू २०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त भएको बताउँदै उनले अहिले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको बताए ।

उनले आफू पहिलो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा (आठ वर्षअघि) प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको उनले बताए ।

साथै, उनले प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको बताए । उनले सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत पुर्याउन निशुल्क मिटरसमेत वितरण गरिएको उनले बताए । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्