Logo

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँले सिद्धिचरणको भन्दै लेखनाथ पौडेलको कविता सुनाएपछि…



काठमाडौं । साउन १ गतेबाट पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।

पशुपतिको कोटीहोमको व्यासासनमा बसेका कृष्णले आफूलाई यस क्षेत्रमा ल्याईपुर्याउनेप्रति कृतज्ञता व्यक्त गरेका थिए । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्न चाहन्छु । एउट सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरुमा मलाई समावेश गराउने आदरणीय गुरुहरुमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु’उनले भने ।

व्यासमा बसेर केही समय कथा वाचन गरेका उनले कवि सिद्धिचरण श्रेष्ठको भन्दै एउटा कवितासमेत वाचन गरेका थिए । उनले नैतिक दृष्टान्त शीर्षकमा रहेको कविताको दुई श्लोक वाचन गरेका थिए । ‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ आचार्यले सुनाएको कविता ।

आचार्यले सिद्धिचरणको भन्दै सुनाएको कविता उनको नभएर कवि शिरोमणि लेखनाथ पौड्याको हो । प्रकृति र धर्मरसंस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएर रचना गरिएको सो कविता नेपाली साहित्यमा प्रचलितमध्येका एक मानिन्छ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य र त्यसअघि कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृतमै उत्तर माध्यमिक र शास्त्री पास गरेका उनले सिद्धिचरणको भन्दै लेखनाथ पौडेलको कविता सुनाएपछि आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस्